त्रिवी कर्मचारीको मनपरी, विद्यार्थीको भविष्य बर्बाद

title
मङ्लबार, मंसिर १८, २०७५

सरस्वती । परीक्षा नियन्त्रण कार्यलय बल्खुमा दिनहुँ हजारौं विद्यार्थी विभिन्न काम विशेषले पुग्ने गर्छन ।

तर कार्यालयको व्यवस्थापकीय पक्ष र विद्यार्थी चापबीचको तादम्यता नमिल्दा काम विशेषले पुग्ने सेवाग्राही सास्ती भोग्न बाध्य छन ।

कर्मचारीको मनोमानी, अव्यवस्थित कार्यप्रणाली आदीका कारण विरिक्तिएका सेवाग्राही त्रिवि परिक्षा नियन्त्रण कार्यालयलाई गैह्रजिम्मेवार कर्मचारीको अखडा भनिरहेका छन ।

उच्च शिक्षाको जेठो र अग्रणी शैक्षिक थलो हो, त्रिभुवन विश्वविद्यालय । यही विश्वविद्यालय अध्ययन गरेकाहरु अहिले मुलुकको उपल्लो तहमा छन ।

तर तिनै उपल्लो तहमा पुगेकाहरुको राजनीतिक खिचातानी र अभिष्ट पूरा गर्ने थलो बन्दा त्रिभिवन विश्वविद्यालयल थिलथिलो बनेको छ ।

कुनै समय गुणस्तरीय शिक्षाका लागि नामुद यही विश्वविद्यालय अहिले बदनाम र पथभ्रष्ट कर्मचारीको अखडा बनेको छ ।

राजनीतिक नियुक्ती, सरुवा – बढुवाका चलखेल, क्यालेन्डर अनुसार विश्वविद्यालय नचल्नुजस्ता समस्याले आजित भएकाहरु बल्लतल्ल विश्वविद्यालय अध्ययन सक्छन ।

तर त्यसपछि पनि उनिहरु विश्वविद्यालयको अनेकौं हण्डरबाट हत्तपत्त उन्मुक्ती पाइहाल्ने अवस्थामा छैनन ।

अर्थात अनेकौं काम विशेषले त्रिवि परिक्षा नियन्त्रण कार्यालय पुग्ने सेवाग्राही तमिजविहिन कर्मचारीको सिकार बनिरहन्छन ।

बिद्यार्थीहरुको साझा गुनासो एउटै छ, त्रिभुवन विश्वविद्यालय राजनीतिक भागबण्डाको अखडा बन्दा यस अन्तर्गत्का सबै संरचना अस्तव्यस्त छन् ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने लापर्बाहीले सास्ती नखेप्नेहरु सायदै मात्र भेटिन्छन । विश्वविद्यालयकै त्रुटीले प्रमाणत्र सच्याउनकै लागि बल्खु धाउनेको संख्या सयौं छ ।

कसैको नाम र थर एउटैमा जोडिएको, कसैको कुमारी त कसैको बहादूर छुटेको, ‘रि टोटलिङ’मा उतीर्ण भएर पनि लब्धांकपत्रमा नम्बर नचढाएको जस्ता समस्या बग्रेल्ती छन ।

अझ अचम्म लाग्दो कुरा त के छ भने कार्यालय आफैले लापर्वाही गरेका गल्ती सच्याउदा समेत विद्यार्थीबाट दस्तुर लिन्छ ।

मुलुककै अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयलाई नेपाल सरकारले त्रि.वि. ऐन २०४९ बमोजिम २०६९ साल पुस २४ गतेदेखि केन्द्रीय विश्वविद्यालयको मान्यता प्रदान गरेको छ ।

समय सापेक्ष उच्च शिक्षा परिमार्जन गर्ने लक्ष्य लिई अघि बढिरहेको विश्वविद्यालय तमिजविहिन कर्मचारीका कारण बदनामी त भएकै छ, पटक पटक धाउँदा पनि काम नबनेपछि सेवाग्राही अदालती तारिकको अनुभुती गरिरहेका छन ।