त्रिशूली–बेत्रवती खण्डको पक्किपुल खोलाले बगायो, सयौं सवारीसाधन रोकिए

title
आइतवार, भदौ ३, २०७५

रामहरि/नुवाकोट । पासाङल्हामु राजमार्ग अन्तरगत नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको पक्किपुल गेर्खु खोलाले बगाएपछि गाडी बन्द भएको छ । पुल बगाएपछि नुवाकोटबाट रसुवा हुदै रसुवागढी–केरुङ जाने सवारीसाधन रोकिएका छन् ।

शनिबार राती आएको बाढीले विदुर नगरपालिकाको वडा नं. १ र वडा नं. १० जोड्ने पक्कि पुलको दुवै तर्फको पर्खालमा क्षति पु¥याएर र दुई मध्ये एकवटा पिल्लर समेत बगाएपछि पुलबाट पैदल यात्रु समेत हिडन् सक्ने अबस्था नभएको प्रहरीले जनाएको छ । बाढीले पुल पूर्ण रुपमा क्षति पु¥याएपछि ठप्प भएको गाडी सञ्चालन गर्न बैकल्पिक स्थानको खोजी गरी काम सुरु गर्न लागिएको डिभिजिन सडक कार्यालय नुवाकोटले जनाएको छ ।

अन्तराष्ट्रिय नाकाको रुपमा विस्तार भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना अन्तरगत अहिले पुल बगाएको स्थानसँगै नयाँ पुल निर्माणको काम बल्ला सुरु भएकाले गाडी सञ्चालन गर्न बैकल्पिक स्थानको छनोट गर्न समेत समस्या देखिएको छ ।

सडक अबरुद्धहुदाँ चीनको केरुङ र रसुवाबाट नुवाकोटहुदै काठमाडौ आउने गाडीहरु सबै बेत्रवतीमा रोकिएका छन् ।