
नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २९ जना रहेका छन् भने आइसियुमा चार जना रहेका छन् । यसका साथै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
यसका साथै ७२ जना सङ्क्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।