
काठमाडौँ । पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५९१ जनामा गरिएको नमुना परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९० पुगेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ६४ जना संक्रमणमुक्त भएका छन् ।