थाइल्याण्डकी राजकुमारीको उम्मेद्वारी फिर्ता

title
आइतवार, माघ २७, २०७५

एजेन्सी । थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टीले उनको उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेको छ। थाइल्याण्डका राजा वाजिरालोङकोर्नले प्रधानमन्त्री चुनावमा आफ्नी दिदीको दावेदारीलाई अनुचित बताउँदै भर्त्सना गरेका थिए ।

लगत्तै थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको हो। राजदरबारबाट एक वक्तव्य सार्वजनिक गर्दै थाई राजाले आफ्नी दिदीले उम्मेदवारी दिए त्यो देशको संस्कृतिविरुद्ध हुने बताएका थिए। थाई रक्षा पार्टीले राजपरिवारको निर्देशनलाई मान्ने बताउँदै राजकुमारीलाई चुनावमा उठाउने निर्णयबाट पछि हटेको बताईएको छ। आगामी मार्चमा हुने आम निर्वाचनमा ६७ वर्षीया राजकुमारी उबोलरत्ना माहीदोलले उम्मेद्वारी दिने घोषणा गरेकी थिईन ।