थाल र चम्चा बजाएर निर्मला पन्तको परिवारलाइ न्याय दिन सरकारको ध्यानाकर्षण

title
सोमवार, अशोज २२, २०७५

काठमाडौ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाइ न्याय दिनुपर्ने भन्दै सोमवार काठमाडौंको माइतीघर मण्डलमा आम नागरिक भेला सहितको प्रर्दशन गरिएको छ ।

प्रर्दशनमा सहभागीहरुले थाल र चम्चा बजाएर पन्तको परिवारलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराए । सरकारले निर्मलासहितका धेरैलाई न्याय दिने प्रक्रियामा कान नसुनेको जस्तो देखिएकाले थाल ठटाएर सरकारलाई जगाउन थाल ठटाएर न्याय मागेको नागरिक अभियानले जनाएको छ ।

बलात्कारपछि हत्या भएको दुई महिना नाघ्दा पनि न्याय नपाएकी कञ्चनपुरकी १३ वर्षकी बालिका पन्तको न्यायका लागि दिनहुँ आन्दोलन भइरहेका छन् । उक्त घटनाको अनुसन्धानका लागि विभिन्न समिति बने पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन ।

निर्मला पन्त हत्या घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदन गृह मन्त्रालयले आइतबार सार्वजनिक गरेको थियो । त्यसमा पनि स्पष्ट दोषी किटान हुन सकेको छैन ।