दक्षिण अफ्रिकीका फास्ट बलर स्टेन बैंगलोरबाट आईपीएल खेल्दै

title
शुक्रबार, चैत्र २९, २०७५

एजेन्सी । दक्षिण अफ्रिकाका फास्ट बलर डेल स्टेन १२औं संस्करणको इण्डियन प्रिमियर लिग क्रिकेटमा एकमात्र जितहिन टोली रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेल्ने भएका छन् ।

यस सिजनको ६ खेलमा ६ नै हार व्यहोरेको बैग्लोरका बलर नाथन कल्टर नेइल घाइते भएपछि उनको ठाउँमा स्टेनलाई अनुबन्ध गरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बैंग्लोरबाट खेल्न स्टेन भारत आईसकेका बताईएको छ । यसअघि पनि बैंगलोरबाटै आईपीएल खेलेका स्टेन यस सिजनको अक्सनमा भने बिकेका थिएनन् । अक्सनमा न्युनतम मुल्य १.५ करोड भारु भएको स्टेनलाई कुनै क्लबले लिएको थिएन ।