दक्षिण एशीयामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा छ : अर्थमन्त्री खतिवडा

title
मङ्लबार, जेष्ठ २८, २०७६

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एशीयामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दावी गरेका छन् ।

अर्थमन्त्री खतिवडाले नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपालको बैंकलाई ऋण दिन सुरु गरेको पनि स्पष्ट पारे । आज(मङ्गलवार) काठमाडौंको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्याश गर्दै उहाँले निक्षेप विमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्र्नेमा पनि जोड दिए ।

त्यस अवसरमा अर्थमन्त्री खतिवडाले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्ष भित्र यसको कोष १० अर्व पु¥याउने घोषणा पनि गरे । कोषलाई बलियो बनाएर विपन्न वर्गलाई पनि बैंकिङ प्रणालीमा समावेश गराउने अर्थमन्त्री खतिवडाको योजना छ ।

कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले कोषले चालू आर्थिक वर्षको नौं महिनामा २ अर्व मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए । उनले सबै प्रदेशमा कोषको शाखा कार्यालय स्थापनाका लागि जग्गा खरिदको काम सम्पन्न गरिएको पनि बताए ।