
काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित काठमाडौंको दरबारमार्गबाट २ जना पक्राउ परेका छन्। पक्राउ पर्ने दुवै जना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।