दरबारीया शैलीमै देखिए पाटन दरबारमा तीन कलाकार

title
बिहिबार, साउन ३, २०७५

काठमाडौं । कुनै बेला दरबारभित्रै हुने विविध मनोरञ्जनका क्रियाकलाप सुन्न पाइन्थ्यो । एकाधले देख्न पनि पाउथे र पाठ्य पुस्तकमा पढाइन्थ्यो पनि । अब यो इतिहास भइसक्यो ।

यीनै इतिहासहरुलाई निर्माताहरुले पर्दामा समेत उतार्न थालेका छन् । दरबारभित्रका रमाइला क्षण लाई समेटेर निर्माण भइरहेको चलचित्र ‘सुश्री सम्पति’ले कलाकारहरुलाई दरबारीया शैलीमै पाटन दरबार स्क्वायरमा उतारेको छ । केही दिन अघि शाही पोशाकमा सजिएका कलाकारहरुले दरबार स्क्वायरमा आफ्नो अभिनय प्रस्तुत गर्दै थिए । लोकेशन र लय हेर्दा ल्याग्थ्यो दबारबार भित्रको यथार्थता जस्तै ।

निर्माण पक्षले चलचित्रमा समावेश ‘हुकुम’ बोलको गीतको लागि यो सबै बन्दोवस्ती मिलाएको हो । गीतमा दरबारमा भारदारहरुसँगको नाच र रमाइलो प्रस्तुत गरिएको छ भने पोशाक पनि त्यहि अनुरुप तयार गरिएको छ । झन्डै ८० भन्दा बढी कोरस सहित गीतमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपानेले अभिनय गरेका छन् ।

गम्भीर बिस्टले निर्देशनमा तयार गीतमा सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर रहेको छ । रंग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भइरहेको यस फिल्मको गीतको पाटन दरबार लगायतको रमणीय दृश्यमा छायाँकन भइरहेको छ ।

फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । चलचित्र भदौ २२ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।