दर्शक नचाए भुवन र झरनाले

title
सोमवार, मंसिर १७, २०७५

काठमाडौं । चलचित्र क्षेत्रमा भुवन केसी र झरना थाप चर्चित नाम हो । विगत लामो समयदेखि यिनीहरुले नेपाली चलचित्र क्षेत्रमा आफ्नो योगदान दिइरहेका छन् । पहिले अभिनेता र अभिनेत्री बनेर दर्जनौं चलचित्रमार्फतद दर्शकमाझ छाए । अहिले उनीहरु निर्माता तथा निर्देशकको रुपमा परिचित छन् ।

त्यसो त अभिनेता भूवन केसी अहिले फिल्म निर्देशन र निर्माणमा छन् । उनले फिल्ममा अभिनय गर्न छाडे पनि छोरा अनमोल केसीको फिल्म लाइनमा प्रवेश गराएपनि उनी पर्दाबाट पातलिएका हुन् । यस्तै, अभिनेत्री झरना थापा पनि सिनेमा निर्देशनतर्फ लागेकी छिन् । उनले पनि सिनेमामा अभिनय गरेकी छैनन् । विगतमा उनीहरुले चलत्रिमा त कयौं पटक नाचे । तर स्टेज कार्यक्रमा भने नाचेको सम्भवतः पहिलो पटक नै होला ।

हालै राजधानीमा सम्पन्न कामन फिल्म अवार्डमा उनीहरुले स्टेजमा जादु देखाए । राजधानीमा आयोजित कामना फिल्म अवार्डमा भूवन र झरनाले फिल्म म तिमी विना मरिहाल्छु नीको चलचित्रको शीर्ष गीतमा नृत्य गरेका थिए । झरना र भूवनको यो डान्स कार्यक्रमकै हाइलाइटमा रहन पुग्यो ।

रोचक कुरा के छ भने, झरना थापा र भूवन केसीका छोरी र छोरा अहिले एउटै फिल्ममा काम गरिरहेका छन् । भूवनका छोरा अनमोल र झरनाकी छोरी सुहाना सिनेमा ए मेरो हजुर ३ मा जोडी बनेर काम गरिरहेका छन् । यसैले पनि भूवन र झरनाको डान्स दर्शकका लागि अझ विशेष बनेको थियो ।