दलितले छोएको पानी पिउन मान्दैनन् जुम्लाका प्रतिनिधि

title
आइतवार, साउन १३, २०७५

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्दा जोकोहीलाइ अचम्म लाग्न सक्छ ।

सामूहिक बैठक बस्ने प्रतिनिधिहरु दलित प्रतिनिधिले छोएको चिया र पानी समेत पिउन मान्दैनन् ।

दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने सर्वसाधारण जनता पनि होइनन् । कथित माथिल्लो जातका जनप्रतिनिधि नै हुन् ।

यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

गाउँमा जातीय बहिष्करणको शिकार बनेका नागरिकसँगै गाउँपालिका बैठकमै माथिल्लो जातका व्यक्तिले पानी छोइदिएको भन्दै खान नमानेको तितो अनुभव सुनाउँछन्, दलित प्रतिनिधि ।