दशैँको अग्रिम टिकट बुकिङ भोलीदेखि खुल्ने

title
सोमवार, अशोज ८, २०७५

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ भोलि ९ गतेबाट खुलाउने निर्णय गरेको छ ।

केहि दिनअघि सरकारले १० प्रतिशत भाडा बढाएपछि सोमबार बसेको यातायात व्यवसायी महासंघको बैठकले टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।