दशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट

title
मङ्लबार, अशोज ९, २०७५

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ । सरकारसँग भाडा बढाउने सहमतिसँगै नेपाल यातायात व्यवसायी महासंघले दशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट खुलाउने निर्णय गरेको हो ।

टिकट बुकिङ खुला भएसँगै आज विहानैबाट नयाँ वसपार्कमा टिकट बुकिङ गर्नेहरुको भीड बढेको छ । यसअघि असोज ५ गतेबाटै अग्रिम टिकट बुकिङ खुलाउने भनिएकोमा इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि रोकिएको थियो ।

सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गरेको हो । बढाइएको १० प्रतिशत भाडा अनुसार यातायात व्यवस्था विभागले हिजो देशभरका विभिन्न रुटको नयाँ भाडादर सार्वजनिक गरेको थियो । यात्रुले बसपार्क लगायत अन्य टिकट काउण्टरबाट टिकट किन्न सक्नेछन् ।