दशैं तिहारका लागि अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको चेतावनी

title
बिहिबार, भदौ २१, २०७५

कुलचन्द्र बिष्टकाठमाडौ । दशैं, तिहार तथा छठ पर्वको चर्चा सुरु भएसंगै अहिले शहरी क्षेत्रमा सार्वजनीक यातायातको साधनको व्यवस्थापन बारे बहश सुरु भएको छ ।

विशेष गरि काठमाडौ उपत्यकाबाट वाहिरिने यात्रुका लागि अग्रिम टिकट वुकिङ पहिलो शर्त बन्छ । तर अहिले सरकार र व्यवसायीका बीचमा सिण्डिकेट तोड्ने विषयमा बिबाद चलिरहेकाले व्यवसायीले टिकट बुकिङ खोल्छन् की खोल्दैनन् भन्ने निश्चित् नै छैन ।

हरेक बर्ष दशैको समयमा काठमाडौ उपत्यकाबाट झण्डै २५ लाख यात्रु बाहिरिने गरेका छन् । सरकारसंग समन्वय गरेर व्यवसायीले विगतका वर्षमा अग्रिम टिकट वुकिङ गर्ने गरेकोमा अहिले व्यवसायीहरु सरकार प्रति अनुदार छन् ।

व्यवसायीले टिकट बुकिङका लागि, भाडा समायोजन र समितीको वैंक खाता फुकुवालाई पहिलो शर्त बनाएका छन् । गएको दशैंमा पनि व्यवसायीले बैज्ञानीक भाडा समायोजन हुनुपर्ने शर्त राखेर दशैंको टिकट बुकिङमा ढिलाई गरेका थिए । अहिले सरकारले इन्धन तथा अन्य श्रम क्षेत्रको मुल्य बृद्धिको तुलनामा भाडा समायोजन नगरेको र उल्टै आलो पालो प्रणालीमा व्यवस्थीत् भएका बसहरुको संरचना तोडेकाले अग्रिम बुकिङको संभावना नरहेको उनिहरुको तर्क छ ।

अग्रिम टिकट वुकिङ खोल्नैका लागि विभागले कि व्यवसायीको शर्त अनुसार बैंक खाता फुकुवा गर्नुपर्छ अथवा तत्काल नयां नयां बस सेवा सञ्चालनमा ल्याउनुपर्छ । तर तत्काल नयां व्यवस्था अनुसार सबै रुटमा नयां बस सञ्चालनको संभावना छैन ।