दशैंको दोस्रो दिन आज ब्रह्मचारिणीको पूजा–आरधना

title
बिहिबार, अशोज २५, २०७५

काठमाडाैं । नेपालीहरुको महान चाड बडा दसैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारीको पूजा आरधना गरिदैछ ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारीणीको पूजा गरिन्छ । पूजा आजाका लागि विहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । नवरात्रको अवधिभर बिभिन्न देवी देउता र शक्तिपिठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । काठमाडौंको नक्साल, भद्रकाली भगवती मन्दिरमा भक्तजनहरुको भिड लागेको छ ।

यसैबीच यो वर्षको वडा दसैं कात्तिक २ गते परेको र टीकाको शुभ साइत ९ बजेर ५१ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । असोज २८ गते पचली भैरव यात्रा, ३० गते फूलपाती, सोही दिन बिहान ९ः२१ बजे तुलजा यात्रा र ३१ गते महाअष्टमी र कात्तिक १ गते महानवमी रहेको छ ।