दशैंमा घर जाने बढे

title
सोमवार, अशोज २९, २०७५

काठमाडौं । बडा दशैंका अवसरमा काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या अन्तिम चरणमा पुगेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको यही असोज ५ गतेदेखिको तथ्यांक अनुसार करिब २२ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका छन ।

तर सडकको दुरावस्थाका कारण सहज यात्रा भने हुन नसकेको यात्रुहरुले गुनासो गरेका छन । विभिन्न कामका सिलसिलमा बसोबास गर्दै आएका सर्वसाधारण अशैंका अवसरमा आफ्नो थाकथलो फर्किने क्रम लगभग अन्तिम चरणमा पुगेको छ ।

ट्राफिक प्रहरीका अनुसार सामान्यतया राजधानीबाट विभिन्न नाका हुदै“ दैनिक सात हजार सवारी उपत्यकाबाट बाहिरिने गर्दछन् ।

तर, दशैं सुरु भएपछि भने यो संख्या दोव्वर भएको महानगरीय ट्राफिक प्रहरी माहाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गत आश्विन ५ गतेदेखि २८ गते सम्मको तथ्यांक अनुसार उपत्यकाबाट २ लाख ४५ हजार ७ सय ४६ सवारीबाट झण्डै २२ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका छन् ।

यता उपत्यकामा सहज सवारी आवागमनका लागि दैनिक १४ सय जना ट्राफिक प्रहरीे सडकमा खटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

तर सडकको दुरावस्थाका कारण कष्टप्रद यात्रा गर्न बाध्य भएको सर्वसाधारणको गुनासो छ । उपत्यकाका मुख्य चार नाका फर्पिङ, नागढुंगा, मुड्कु, कोटेश्वर लगायतका स्थानबाट सवारीसाधान बाहिरिने गरेका छन् ।

काठमाण्डौ उपत्यकाबाट दशैको समयमा २२ देखि २५ लाख यात्रु बाहिरिने गरेका छन । उपत्यका छाड्ने सर्वसाधारणको संख्या बढेसंगै राजधानि काठमाण्डौं सुनसान बन्दै गएको छ ।