दशैंमा बढ्यो व्यापार

title
मङ्लबार, अशोज ३०, २०७५

काठमाडौं । हिन्दु नेपालीको महत्वपूर्ण चाड दशैंको चहलपहलसंगै काठमाडौ उपत्यका लगायत अधिकांश शहरी क्षेत्रमा दशैं लक्षीत् बस्तु तथा सेवाको कारोवार बढेको छ ।

दशैंमा राम्रो लाउने र मीठो खाने पर्वको पर्याय समेत मानिन्छ र आम रुपमा बजारमा सबैले आआफ्नो गक्ष अनुसारको किनमेल गर्ने गरेका छन् ।

दशैंको रौनक सुरु भएसँगै बजारमा खाद्य वस्तुदेखि लत्ता कपडा, श्रृङ्गारका सामाग्री जोहो गर्नेको चहलपहल बढेको छ । राम्रो आर्थिक हैंसेत भएकाहरु शहरका ठूला सपिङ मलमा तानिए पनि सडक किनारमा ससानो लगानीमा व्यापार गर्नेहरुलाई समेत अहिले बोल्ने फुर्सद छैन ।

दशै बजारमा नूनदेखि सुनसम्म जुटाउनेको भिड बढेपछि कारोवार अनपेक्षीत् हुने नै भयो । खाद्य सामग्रीदेखि लत्ता कपडासम्मको कारोवार दोव्वर तेव्वरसम्म हुने व्यापारिहरु बताउंछन् ।

दशैंको महत्वपूर्ण दिन नजिकिएपनि तुलनात्मक रुपमा बजारमा सामान किन्ने मानिसको चहलपहल बिस्तारै पातलो हुंदै गएको छ । व्यापारीहरू मोलतौल गर्न छाडेर सक्दो सस्तो मुल्यमा भएको सामान बेचेर पर्व मनाउन जाने तरखरमा छन् ।

तै पनि बजार मुल्य कहालीलाग्दो बिन्दुमा पुगेको सर्वसाधारणको अनुभव छ । लुगा तथा जुत्ताको मुल्यमा कुनै निश्चितता छैन । जसको कारोवार दशैंमा अत्याधीक हुन्छ ।

फुटपाथका पसलदेखि महल तथा सपिङ मलमा समेत कपडा तथा जुत्तामा धेरै उपभोक्ता ठगिएका छन् । उपत्यकाका मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, भृकुटीमण्डप, भोटाहिटी, चावहिल, गोंगबु, कोटेश्वर, बानेश्वर, तथा विभिन्न सपिङ मलमा अहिले पनि सामान किन्नेको भीड उस्तै छ ।

दशैंमा नयाँ लगाउनुपर्छ, मिठो खानुपर्छ भन्ने परम्परागत् मान्यता पनि छ । त्यसैले पनि सकेर नसकेर सबै वर्गका मानिस दशैं बजारमा भेटीन्छन् र आर्थिक हैंसेत अनुसारको सपिङ गर्छन् । यही दशैं बजारको रौनकता मुख्य दिन नजिकिएपछि बिस्तारै ग्रामिण क्षेत्रसम्म विस्तार हुन्छ ।