दशौं कृति अवार्ड आज

title
बिहिबार, भदौ ७, २०७५

काठमाडौं । विज्ञापन व्यावसायी मिडिया तथा विज्ञापनकर्मीको साझा इभेन्ट दशौं कृति अवार्ड बुधबार हुँदैछ । होटल सोल्टी क्राउन प्लाजामा हुने अवार्डमा २८ वटा बिधा रहेकोमा ३९ वटा एजेन्सीले सहभागिता जनाएका छन् ।

३ सय ५३ वटा नोमिनेसन दर्ता भएकोमा १ सय ३४ वटा नोमिनेसन उत्कृष्ट पाँच मा छनौटमा परेका छन् । उत्कृष्ट पाँचमा मनोनयनमा परेका एजेन्सीहरुमा अभानि एडभरटाइजिङ–१७, एएनएस क्रिएसन–१२, प्रिज्मार्क –१३, आउटरिच नेपाल–११, ओएस्टर–९, भिचित्र–९ मेकबेज–८, बिजनेस एडभान्टेजर–७ , कि एडरटाईजिङ–७, एड मिडिया–६, क्रियो कमुनिकेसन–४, लेमन–४, डिजिटल इन–३, एडि रिलिज–२, मार्स र प्रमोटर्स नेपाल–२÷२ र मार्स एडभरटाइजिङ, मिटिङ प्वाइन्ट, म्याक्स मिडिया, चन्दा प्रोडक्सन, एसपी, इको, टेक, अक्षय, बेलकम–१÷१ बिधामा मनोनयनमा परेका छन् ।

दशौं कृति अवार्डको टाइटल स्पोन्सर नेपाल आइस, पावर बाइमा सीजी सिमेन्टस रहेको छ । प्रायोजकहरुमा बैंकिङ्ग पार्टनर, मुक्तिनाथ बिकास बैंक, हस्पिटल पार्टनर नेपाल मेडिसिटी अस्पताल, हस्पिटालीटी पाटनर सोल्टी क्राउन प्लाजा, सफ्टि हाइजिन, यति कार्पेट र नेपाल पर्यटन बोर्ड, रहेका छन् ।