दाङमा चट्याङ लागेर ३ को मृत्यु

title
मङ्लबार, असार १०, २०७६

सुशील बस्नेत

दाङ- दाङमा चट्याङ्ले तीन बालकको मृत्यु भएको छ। मंगलबार साँझ साढे ६ बजेतिर परेको चट्याङ्ले राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाट निवासी ११ बर्षीय रमीत चौधरी, ११ बर्षकै बिनास चौधरी र १३ बर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार राप्ती ४ स्थित मौरीघाट माबि छेउमा रहेको जामुनाको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तीनै जना बालकको घटना स्थलमै मृत्यु भएको हो ।

साथै सोही रुखमा चढेका बिनासका भाई ८ बर्षीय अविनास चौधरी भने गम्भीर घाईते भएका छन् ।