
दाङ। गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त वर्षा र समयमै मलको उपलब्धताले उत्पादन बढेको हो । यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२ जातका धान लगाएका थिए । स्थानीय जातका धानका खेती गरेका थिए ।
जिल्लाको ३९ हजार चार सय हेक्टर जग्गा धानखेतीका लागि उपयुक्त भए पनि ३६ हजार पाँच सय हेक्टरमा मात्र धानखेती सीमित छ । किसानले धान रोप्ने खेतमा मौसमी र बेमौसमी सागसब्जी लगाउने गरेका छन् ।