जोडिनुहोस
मङ्लबार, फाल्गुन २०, २०८१
मङ्लबार, फाल्गुन २०, २०८१
  • होमपेज
  • दाङमा बलात्कार आरोपमा युवक पक्राउ

दाङमा बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । दाङमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–१, मनिगाउँका २८ वर्षीय नेत्रबहादुर रोकाया छन् ।

२१ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार (फागुन १९) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।दाङको गढवा गाउँपालिका–३, गोवरडिहास्थित खेतमा ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धेरै टिप्पणी गरिएका