दिल्लीका कोठीमा नेपाली चेलीको चित्कार (खोज खबर भिडियोसहित)

title
बिहिबार, साउन १७, २०७५

काठमाडौं । भारतीय बजारमा नेपाली चेलिबेटी बेचविखनको डरलाग्दो रुप देखिएको छ । पछिल्लो एक साताको अवधिमा दिल्लीका विभिन्न होटेलबाट ७४ नेपाली युवतीको उद्धार गरिएको समाचार सार्वजनिक भएसँगै मानव तस्करीको जालो कतिसम्म मौलाएको रहेछ भन्ने प्रष्ट भएको हो ।

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालका अनुसार, एक सातामा ३ पटक उद्धार गरिएको हो । भारतको मुनिर्का, मैदानगढी र पहाडगञ्जका विभिन्न होटलबाट ७४ जना नेपाली युवतीहरुको उद्धार गरिएको उनको भनाइ छ । उद्धार गरिएका सबै महिलाको उमेर १८ देखि २२ वर्षसम्म रहेको छ । बेचिएका चेलीहरुलाई भारतका विभिन्न कोठीहरुमा जबरजस्ती यौन कार्यमा लाग्न बाध्य पारिंदै आएको अनुसन्धानबाट खुलेको छ ।

करिव दुई बर्ष देखि भारतको दिल्ली, उत्तर प्रदेश, हैदराबाद र जयपुरमा युवती बेचविखन गर्ने गिरोह सक्रिय रहेको भारतिय प्रहरी अनुसन्धानबाट खुलेको छ । केहि दिन अघि मात्र भारितय प्रहरीले बेचविखनमा संलग्न नेपाली नागरिक सहितको एउटा गिरोका केही सदस्य पक्रिएको थियो ।

प्रहरीका अनुसार, त्यो गिरोहले १ हजारभन्दा बढी युवतीलाई अवैध रूपमा खाँडीका ओमान, कुवेत, दुबईका साथै अफ्रिकी महादेशमा पठाएको खुलासा भएको छ । नेपालबाट खाडी र अफ्रिकामा महिलालाई घरेलु कामदारका जान रोक लगाइएपछि तस्करहरूले भारुतको बाटो प्रयोग गर्ने गरेका छन् । यसका लागि उनीहरूले विमानस्थलमा सेटिङ मिलाउने गरेको दाबी छ । विस्तृत खोजखबर भिडियाेबाटै….