दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)

title
बुधबार, साउन १६, २०७५

भारत । खुला सीमाना भएकै कारण नेपाली कामदारहरुको प्रमुख गन्तव्य बनेको भारतमा नेपाली चेलीबेटी बेचविखन पनि मौलाएको समाचार सार्वजनिक भएको छ ।

पछिल्लो एक साताको अवधिमा मानै भारतका विभिन्न होटेलबाट ७४ वटा युवतीहरुको उद्धार गरिएको समाचार सार्वजनिक भएको हो । ती नेपाली महिलाहरुलाई दिल्ली महिला आयोगको अगुवाईमा उद्धार गरिएको हो ।

दिल्ली महिला आयोगकी स्वाती मालिवालका अनुसार एक सातामा ३ पटक रेस्क्यु गरिएको हो । मुनिर्का, मैदानगढी र पहाडगञ्जका विभिन्न होटलबाट ७४ जना नेपाली युवतीहरुको उद्धार गरिएको बताएकी छिन् । त्यस्तै अभियानकर्ता अमित मिश्राले कडा शब्दमा ट्वीट गरेका छन्–


मानव तस्करले नेपाली चेलीहरुलाई भारतका विभिन्न कोठीहरुमा बेचबिखन गर्दै उनीहरुलाई जबरजस्ती यौन कार्यमा लाग्न बाध्य पारिँदै आएको अनुसन्धानले देखाएको छ । भारतमा कति नेपाली युवती बेचिएका छन् भन्ने अहिलेसम्म कुनै तथ्यांक छैन ।

दिल्ली महिला आयोगकी अध्यक्ष स्वातीले पछिल्लो उद्धारका क्रममा पहाडगञ्जको एक होटलबाट ३९ जना युवतीको उद्धार गरिएको बताएकी छन् । नेपाली युवतीहरुलाई श्रीलंका, गल्फ लगायतका देशमा लैजाने भन्दै बेचिने गरेको पाइएको उनले बताएकी छन् । नेपालको भूकम्प प्रभावित क्षेत्रबाट उनीहरुलाई रोजगारीको बहानामा भारत पुर्याइने गरेको उनले ट्वीटमार्फत बताएकी छन् ।

उनले ट्वीटरमा लेखेकी छिन्–

पहाडग़ंज के होटल मानव तस्करी का अड्डा बन चुके हैं। होटल ‘हृदय इन्’ में सिर्फ और सिर्फ नेपाली लड़कियां एजेंट के द्वारा लाई जाती हैं। किसी को श्री लंका किसी को गल्फ बेचा जाता है। सब लड़कियां नेपाल के भूकम्प प्रभावित इलाकों से आती हैं और काम देना का झांसा देके यहां लाया जाता है।