जोडिनुहोस
शुक्रबार, फाल्गुन ३०, २०८१
शुक्रबार, फाल्गुन ३०, २०८१
  • होमपेज
  • दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने

दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने

आउँदो मार्च २२ तारिखदेखि शुरू हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करणका लागि दिल्ली क्यापिटल्सले अक्षर पटेललाई कप्तान बनाएको छ । ऋषभ पन्त लखनउ सुपर जायन्ट्समा आबद्ध भएपछि दिल्लीले नयाँ कप्तान नियुक्त गरेको हो ।

३१ वर्षीय बायाँ हाते अलराउन्डर सन् २०१९ देखि दिल्ली क्यापिटल्समा आबद्ध छन् । गएको नोभेम्बरमा भएको मेगा अक्शनमा दिल्लीले अक्षरलाई १६ करोड ५० लाख भारुमा रिटेन गरेको थियो । अक्षरको कप्तानी अनुभव धेरै नभए पनि यस वर्षको जनवरीमा उनलाई भारतको टी–२० टोलीको उपकप्तान नियुक्त गरिएको थियो ।

अक्षरले गएको वर्ष आईपीएलको एउटा खेलमा दिल्लीको कप्तानी गरेका थिए । नियमित कप्तान ऋषभ पन्त ‘स्लो ओभर रेट’ का कारण प्रतिबन्धमा परेपछि उनले टोलीको नेतृत्व गर्ने अवसर पाएका थिए । कप्तानका लागि केएल राहुलको नाम पनि चर्चामा थियो तर टोलीले अक्षरलाई छानेको हो ।

अक्षर पटेलले आईपीएलमा १ सय ५० खेलमा १ सय ३० को स्ट्राइक रेटमा १ हजार ६ सय ५३ रन बनाउनुका साथै १ सय २३ विकेट लिएका छन् । आईपीएलको आउँदो संस्करणमा दिल्लीमा अक्षरसँगै पञ्जाब किङ्ग्सिमा श्रेयस अय्यर, कोलकाता नाइट राइडर्समा अजिन्क्या रहाणे, रोयल च्यालेन्जर्स बेङ्गलोरमा रजत पाटीदार र लखनउ सुपर जायन्ट्समा ऋषभ पन्त नयाँ कप्तान नियुक्त भएका छन् । बाँकी पाँच वटा टोलीमा पुरानै कप्तान छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका