दीपक र रोहितको चलचित्रलाई दिपेन्द्रको निर्देशन

title
बुधबार, पुस १८, २०७५

काठमाडौं । दीपकराज गिरी र रोहित अधिकारीको ब्यानरले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्रको निर्देशक फाइनल भएको छ । रोहित अधिकारीको ब्यानर रोहित अधिकारी फिल्म्स र दिपकराज गिरीको आमा सरस्वती मुभिजको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रको निर्देशन दिपेन्द्र लामाले गर्ने पक्का भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राख्दै निर्माता तथा कलाकार दीपकराज गिरीले सो कुरा जनाएका छन् । स्टाटस मार्फत नयाँ बर्षको शुभकामना दिदै गिरीले चलचित्र अर्को बर्षको दसैंमा प्रदर्शन हुने समेत जानकारी दिएका छन् । चलचित्र निर्देशन गर्न लागेका निर्देशक लामाले यस अघी ‘घाम पानी’ नामक चलचित्र निर्देशन गरिसकेका छन् । निर्माता गिरीकै मुख्य अभिनय रहने भनिएको चलचित्रको लागि अन्य कलाकार तथा प्राविधिकहरु छनोट भइरहेको बताइएको छ ।

अनटाइटल्ड प्रोजेक्टमा निर्माता अधिकारीको एकल लगानी रहनेछ । फिल्मले ब्यापारिक रुपमा सफल भएको खण्डमा मुनाफा भने अधिकारी र गिरीले ५०–५० प्रतिशत बाड्नेछन् । निर्माता अधिकारीले यस अघी ‘गाजलु’ नामक चलचित्र निर्माण गरिसकेका छन् । जुन चलचित्र बक्स अफिसमा राम्रो छाप छोड्न सफल भएको थियो ।

केही दिनदेखि निर्माता र निर्देशक लामाबीच लगातार छलफल भइरहेको थियो । निर्देशक लामाले यसअघि फिल्म ‘घामपानी’ को कमान्ड सम्हालेका थिए । फिल्म समीक्षाबाट पत्रकारितामा स्थापित उनको नयाँ फिल्म ‘गोपी’ माघ १८ गतेबाट प्रदर्शनमा आउने तरखरमा छ ।

मौलिक फिल्म बनाउन माहिर मानिने लामा नयाँ फिल्म उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउँछन् । चैत अन्तिम साताबाट फ्लोरमा जाने तयारी भइरहेको फिल्ममा दीपकराज र केदार घिमिरे (माग्ने बुढा) कलाकारको रुपमा अनुबन्ध भइसकेका छन् । बाँकी कलाकार भने छनोट भैसकेका छैनन् । ’छक्का पञ्जा’ का प्रायः सबै कलाकारहरु फिल्ममा हुने बताइएको छ ।