दुईवटा मोटरसाइकल ठोक्किँदा छोरी र उनका बुबाको मृत्यु

title
आइतवार, असार २४, २०७५

काठमाडौं । चुच्चेपाटीमा दुईवटा मोटरसाइकल ठोक्किँदा चार वर्षिया छोरी र उनका बुबाको ज्यान गएको छ ।

 

बा ५७ प ५७०५ मोटरसाइकल र बा ९० प ३२८३ नम्बरको मोटरसाइकल ठोक्किँदा चुच्चेपाटीका कुमार श्रेष्ठ र उनकी ४ वर्षकी छोरी रियाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते एकजनाको ओम अस्पतालमा उपचार भइरहेको छ ।

 

यस्तै, काठमाडौंको भोटाहिटीमा राति १ बजे रोकिराखेको ना ७ ख ३५२० नम्बरको ट्रकमा बा ५८ प ६४५९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक भक्तपुर ठिमी नगरपालिकाका २६ वर्षका नरम वनको ज्यान गएको छ ।