दुई छोरा झुड्याएर आमाद्वारा आत्महत्या, डोरी चुँडिदा जेठो छारा बाँचे  

title
मङ्लबार, भदौ २६, २०७५

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका २ की २९ वर्षीया कविता यादवले सोमबार दुई छोरालाई पासो लगाएर आत्महत्या गरेकी छिन् ।

झुन्डाइएका दुईमध्ये १० वर्षीय जेठा छोरा निशान भने डोरी चुँडिएर बाँचेका छन् । पाँच वर्षीय अमनको भने भृत्यु भएको मोरङ प्रहरीले प्रमुख एसपी मनोजकुमार केसीले बताए ।

प्रहरी घटनास्थल पुग्दा कविता र कान्छा छोरा अमनको शव घरको बलोमा झुन्डिएको अवस्थामा थियो । डोरी चुँडिएर बाँचेका निशान विराट नर्सिङ होममा उपचाररत छन् ।

घाँटीमा डोरीको डोभ छ । प्रहरीका अनुसार बिहान १० बज्दा पनि दुवै स्कूल नपुगेपछि छिमेकी घर पुगेका थिए । होहल्ला गर्दा निशान रोइरहेको पाएपछि घटना सार्वजनिक भएको थियो ।

कविताका पति अमरलाल यादवको दुई वर्ष अघि नै निधन भइसकेको थियो । केही समय अघिदेखि भने भारत फारबिसगन्ज घर भई विाराटनगरमा काम गर्ने रामदेव झा कवितासँगै बस्ने गरेको थिए ।

कहिलेकाहीँ आउने ती व्यक्तिलाई कविताले कान्छो पतिको रुपमा चिनाउने गरेको स्थानीय भनाइ छ ।

घटनामा बाँचेका निशानले आमाले शुरुमा भाइ र आफूलाई डोरीले घाँटीमा बाँधेर झुन्ड्याएपछि आफूले पनि डोरी लगाएर झुन्डिएको प्रहरीलाई बताएका छन् । बालकका अनुसार अघिल्लो दिन कान्छा बुबा र आमाबीच झगडा भएको थियो । त्यसक्रममा उनले समेत कुटाइ खाएका थिए ।

मृतक आमाछोरोको शव पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पतालमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान गरिरहेको जानकारी दिँदै प्रहरी प्रमुख केसीले परिवारसँग जोडिएको भनिएका रामदेव भनिने व्यक्तिको खोजी भइरहेको बताए । आजको राजधानी दैनिकमा समाचार छ ।