दुई भारतीयद्वारा ११ बर्षीया बालिका बलात्कृत

title
सोमवार, कार्तिक २६, २०७५

बर्दिया — ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् ।

ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् ।

पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ वर्षीय युवक छन् ।

उनीहरुले बलात्कार गरेको स्विकारिसकेको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए ।

प्रहरीका अनुसार आईतबार करिब ४ बजे दुई बालिका बाख्रा चराउन गएका थिए ।

साथी पानी पिउन गएको मौका छोपी उनीहरुले ती बालिकालाई बलात्कार गरेका हुन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।