
काठमाडौं । संसदीय संसदका आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकमा जलवायु परिवर्तन र यसले पु-याएको असर र प्रभाव (सुक्खा ग्रस्त क्षेत्र, बाढी पहिरो, डेंगु प्रकोप लगायत) को न्युनिकरणमा सरकारको तयारी र विश्व जलवायु सम्मेलन(कोप २८) मा नेपालको सहभागिता सम्बन्धमा भएको तयारीका बारेमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण विधि सम्बन्धमा विज्ञबाट जानकारी लिने कार्यसूचि रहेको छ ।