दुई साता देखि रसुवाको धुन्चे स्याफ्रु यातायात अवरुद्व

title
सोमवार, भदौ ११, २०७५

रसुवा । पासाङल्हामु सडक खण्ड अन्र्तगत रसुवाको धुन्चे स्याफ्रु खण्डको त्रिशुली पुल नजिकै दुई स्थानमा गएको पहिरो पन्छाउन नसक्दा दुई साता देखि यातायात अवरुद्व भएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले पाँच दिन अघिबाट बाटो खुलाउने प्रयास गरे पनि भात्किएको सडक माथि ठुलो चट्टान रहेकाले सडक सुचारु गर्न कठिन भएको नेपाली सेनाले बताएको छ । भास्सिएको सडक सुचारु नहुँदा रसुवाको उत्तरी भेगका दुईवटा गाँउपालिकामा बसोबास गर्ने बासिन्दाहरु दैनिक उपभोग्य बस्तु तथा खाद्यान्नको अभाब खेपिरहेका छन । त्यस्तै निमार्णधिन रसुवागढी जलबिद्युत आयोजना तथा सान्जेन जलबिद्युत आयोजनामा निर्माण समाग्री अभाव भएको छ ।

पहिरोले भास्सिाएकोे दुई सातासम्म पनि सडक सुचारु नहुँदा बडादशै तथा दिपावलीका लागि आवस्यक पर्ने बिभिन्न खालका रेडिमेट समाग्री चीनको केरुङमै रोकिएका छन ।

डक डिभिजन कार्यालय नुवाकोटका अनुसार दुबै तर्फ बिस्फोटक पदार्थ प्रयोग गरि मर्मत सुरु गर्दा पनि भास्सिएको सडक दुबै तर्फ पूर्ण रुपमा सुचारु गर्न अझै एक साता लाग्ने जनाएको छ ।