दुर्गन्धित बन्दै पाशुपत क्षेत्र!

title
मङ्लबार, बैशाख ३१, २०७६

शान्ता लम्साल ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पाशुपत क्षेत्रको मृगस्थली वन परिसर दुर्गन्धित बनेको छ । पाशुपत क्षेत्रको श्लेषमान्तक बन क्षेत्रमा मनलाग्दी रुपमा फोहोर फाल्दा पनि नियामक निकायले नियन्त्रण नगर्दा बन क्षेत्र दुर्गन्धित बनेको हो ।

त्यसोत, नेपाली भूमिलाई देवभूमि, तपोभूमि जस्ता नामले समेत पुकारिन्छ । त्यसमाथि देवादिदेव भगवान शिवको बासस्थान नै मानिने पाशुपत क्षेत्रको पवित्रता र महिमा बर्णन गरी साध्य छैन । तर यही पाशुपत क्षेत्रको श्लेषमान्तक बन क्षेत्र भने यतिबेला दुर्गन्धित बन्दै गएको छ ।

यहाँको मृगस्थली र धु्रवस्थलीलाई छुट्याउने गरी बनाईएको ६ सय ७५ मिटर कच्ची बाटोका दुबै किनार फोहोरका ढिस्कोले भरिभराउ छन । श्लेषमान्तक बन क्षेत्रमा ऋषिमुनीले तपस्या गरेको धार्मिक अध्येताहरुले बताइरह“दा यहि बन क्षेत्र अहिले भने मरेका कुकुर, श्यालजस्ता जनावर फाल्ने ठाउँको रुपमा विकसित हुदै गएको छ ।

जहाँ मानिसका लास समेत व्यवस्थित तवरले नपुरिदा समस्या अझ बढी विकराल बन्दै गएको छ । विश्व सम्पदा सुचिमा सुचिकृत पावन क्षेत्र नै दुर्गन्धित हुँदा समेत पशुपति क्षेत्र विकास कोषले चासो नदेखाएको सर्वसाधारण उद्धव तिमल्सिना र पदमराज सिंखडा गुनासो गर्छन ।

पशुपति क्षेत्र विकास कोषका अनुशार मृगस्थली वनका प्रत्येक रुखहरुलाई क्रषिमुनि मानिन्छ । जहाँ रुखको फेद मुनि बसेर ऋषिहरुले तपस्या गरेको कुरा शास्त्रमा उल्लेख भएको कोषले जनाएको छ । हिन्दु धर्मावलम्बिहरुको आस्थाको केन्द्र विश्व सम्पदा सूचिमा समेत सूचिकृत भएकाले नेपाल आउने पर्यटकहरु यहाँ पनि पुग्ने गरेका छन ।

तर पर्यटकीय क्षेत्र समेत भएको पाशुपत क्षेत्र नै दुर्गन्धले बसिनसक्नु छ । पशुपति क्षेत्र विकास कोष भने खुल्ला क्षेत्र भएकाले व्यवस्थित गर्न समस्या भएको पशुपति क्षेत्र विकास कोषका सुचना अधिकारी प्रेमहरि ढुंगाना बताउँछ ।

तर जानकारहरु भने खुल्ला ठाउँको अभावमा मन वहलाउने ठाउँ समेत नभएको काठमाण्डौमा भएको बन क्षेत्रलाई पनि व्यवस्थित गर्न नसक्नु सरकारी निकम्मापन भएको बताउछन । अझ त्यसमाथि धार्मिक ऐतिहासिक र पर्यटकीय दृष्टिले समेत केन्द्र भागमा पर्ने पाशुपत क्षेत्रकै बन दुर्गन्धित बन्नु लज्जाको बिषय बनेको छ । जसले विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाकै खिल्लि उडाएको छ ।