दुर्गममा उसु खेल, विद्यार्थीको आकर्षण बढ्दो

title
बुधबार, फाल्गुन २९, २०७५

बुद्ध तामाङ/भोजपुर, सामान्यतया दुर्गम ग्रामिण भेगबाट उसु, कराँते, तेक्वान्दो सिक्नका लागि मंहगो खर्च गरेर सदरमुकाम या त जिल्ला बाहिरका ठुला शहरमा जाने गर्छन् । तर निःशुल्क रुपमै उसु सिक्न पाए पछि भोजपुरको आमचोक गाउँपालिकाका स्थानीय बालबालिका तथा युवाहरु लाभान्वित भएका छन् । भोजपुरको आमचोकमा उसु खेल अतिरिक्त क्रियाकलापमा पहिलो रोजाईको खेल बन्दै गएको छ । यसअघि उसु खेलका लागि २ दिनसम्म पैदल हिडेर भोजपुर सदरमुका पुग्नु पर्ने बाध्यता हटेपछि यसप्रति विद्यार्थीको आकर्षण अझ बढ्दै गएको हो । गाउँमै उसु खेल्ने अवस्था आएपछि विद्यार्थीहरु हर्षीत छन । अब चार सय रुपैया र उसुको पोसाक तयार गरे खेल्न सकिने अवस्था छ । गाउँबाटै राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न र दुर्गम गाउ“स्तरमै खेलकुदलाई प्रबद्र्धन गर्न भन्दै गाउ“पालिकाले समेत उसु खेललाई प्रबद्र्धन गरेको हो । एक वर्षको अन्तरालमै राष्ट्रियस्तरका खेलकुदका लागि भन्दै प्रशिक्षण दिन पाउँदा गर्व लागेको प्रशिक्षकहरु बताउछन । यो वर्ष मात्रै प्रशिक्षक राईको प्रशिक्षणबाट गाउँपालिकाका ३ जना खेलाडी आठौं राष्ट्रिय खेलकुदका लागि छनोटमा परेका छन् । स्थानीय सत्यहाङ राई, उमेश राई र संकल्प राई छनौट भएका हुन् । गाउँस्तरमै राम्रो खेलाडी उत्पादनको सम्भावना रहेकाले गाउँपालिकाले उसु खेललाई प्रबद्र्धन गर्न नयाँ खेलकुद नीति ल्याउने तयारी समेत गरेको छ । गाउँपालिकाले उसु प्रशिक्षकलाई खरदार सो सरह तलब दिएर निःशुल्क उसु प्रशिक्षण सुरु गरेको हो । हाल गाउँपालिका भरका २२ जना खेलाडीहरु विहान बेलुकीको समयमा उसु सिक्ने गरेका छन् ।