
सिमकोट – हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाएका छन्।
लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा ढिलो भएको हो । हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्रम प्रभावित भएको लिमी स्वास्थ्यचौकीका प्रमुख गोरखबहादुर भण्डारीले जानकारी दिए ।
गत फागुन २५ गतेदेखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको नौ महिनादेखि माथिका र पाँच वर्षमुनिका बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप पनि बुधबार नै लगाइएको उनले बताए। लिमी स्वास्थ्यचौकीमा यो वर्ष दुईजना स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका हुन् ।