दुर्गा प्रसाइलाइ कारबाही गर्न माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

title
आइतवार, साउन १३, २०७५

काठमाडौं । बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका तीन सांसदहरू डिला संग्रौला, लक्ष्मी परियार र प्रमिला राईले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुप्रति अपमानपूर्ण अभिव्यक्तिले संविधान र कानुनको उल्लंघन गरेको भन्दै तत्काल कारबाही गर्न माग गर्दै प्रस्ताव दर्ता भएको हो ।

‘स्वदेशमा मेडिकल शिक्षा आर्जनको यथोचित व्यवस्था नहुँदा रहर वा बाध्यताले विदेशमा गएर उच्च शिक्षा हासिल गर्न बाध्य हाम्रा चेलिवेटीहरुप्रति प्रसाईंले दिएको अभिव्यक्तिले उनीहरुको इज्जत, मान र प्रतिष्ठामाथिमात्र धावा बोल्ने काम भएको छ’ प्रस्तावमा उल्लेख छ ।