दुर्घटनाग्रस्त विमानले अवतरणमा समस्या, अझै खुलेन विमानस्थल

title
आइतवार, भदौ १७, २०७५

काठमाडौं । गएराति यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । रनवे बाट चिप्लिएर दुर्घटना भएको विमान हटाउने प्रयास जारी रहेको छ ।

विमान दुर्घटना हुँदा विमान उडानमा अवरुद्ध भएको हो । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेको थियो । त्यसलगत्तै राति पौने ९ बजेदेखि विमानस्थलमा उडान अवतरण ठप्प भएको थियो ।