दुर्घटनामा एकको मृत्यु

title
शुक्रबार, फाल्गुन १०, २०७५

चितवन – भरतपुर महानगरपालिका–१ रामनगरको पानीट्याङ्की ओरालोमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जनाकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २८ वर्षीय विपीन गुरुङ रहेका छन् ।

रामनगरबाट भरतपुरतर्फ आउँदै गरेको ना४७प २७७५ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुने मोटरसाइकलमा पछाडि सवार रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।