दुर्घटनामा एक जनाको घटना स्थलमै मृत्यु

title
शनिबार, चैत्र ९, २०७५

नारायण खड्का, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास–१२ घाँसीकुवामा भएको सडक दुर्घटनामा एक जनाको घटना स्थलमै ज्यान गएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको छ । तनहुँको डुम्रेबाट दमौलीतर्फ आइरहेको ना८ख ३५२७ नम्बरको ट्रकले बिग्रेर सडकमै रोकिराखिएको ना१क ६१४२ नम्बरको ट्रकलाई ठक्कर दिँदा बिग्रिएको ट्रकका चालक चितवन टाँडी बस्ने वर्ष २५ का सन्तोष राईको घटनास्थलमै मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

डुम्रेबाट आउँदै गरेको ट्रकले उक्त स्थानमा बा१८च ७७८४ नम्बरको हाईलक्स र ग१६प ११७५ नम्बरको स्कुटलाई समेत ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट बिग्रिएको ट्रकका सहचालक अन्दाजी १७ वर्षका किरण राईको दुबै खुट्टा भाँचिएका छन् । उनी बोल्न पनि नसक्ने गरी गम्भिर घाइते भएको घटना स्थलमा खटिएका प्रहरी निरीक्षक जनकराज बन्जराले जानकारी दिनुभयो ।

ना१ख ६१४२ नम्बरको ट्रक बिग्रिएर राजमार्गको छेउमा मर्मत गर्दै गरेको स्थानमा ना८ख ३५२७ नम्बरको ट्रकको ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना हुन गएको तनहुँ प्रहरीले जनाएको छ ।