दुर्घटना न्यूनिकरणका लागि ७० थान ट्राफिक सांकेतिक बोर्ड हस्तान्तरण

title
शनिबार, साउन १२, २०७५

जितलालर श्रेष्ठ/ बारा । राजमार्ग क्षेत्रमा दुर्घटना बढ्दै गएपछि जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघ बाराले प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयालाई ७० थान ट्राफिक सांकेतिक बोर्ड हस्तान्तरण गरेको छ ।

सुरक्षित यात्राका लागि चालक, यात्रु तथा पैदल यात्रुलाई सडक र ट्राफिक नियम सम्बन्धि सचेतना जागृत गराउनका नगर उद्योग वाणिज्य संघले ट्राफिक सांकेतिक बोर्ड हस्तान्त्रण गरेको हो । विभिन्न चेतना एवं जानकारी मूलक ट्राफिक संकेत बोर्र्ड जीतपुर–सिमरा उपमहानगरपालिकाको जीतपुर, सिमरा र पथलैयाको सडक तथा बजार क्षेत्रमा जडान गरिएको छ । जडान गरिएका सांकेतिक बोर्डले सडक प्रयोगकर्तामा सचेतना अभिबृद्धि संगै सवारी दुर्घटनाबाट हुने क्षेती न्यूनिकरण हुने जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघको विश्वास छ ।

संयुक्त राष्ट्र संघले २०११ देखि २०२० सम्म सडक सुरक्षा दशकका रुपमा विभिन्न कार्यक्रम गरिरहेको सन्दर्भमा नेपालले पनि सन् २०१३ देखि दुर्घटना न्यूनिकरण सम्वन्धी विविध कार्यक्रम गर्दै आएको छ ।

सोहि कार्यक्रम अनुरुप सडक प्रयोगकर्तालाई सुरक्षित सडक प्रयोग बारे जानकारी गराउने उद्देश्यले जानकारी मूलक बोर्ड राखिएको हो ।