दुवईमा बस दुर्घटना,१७ जनाको मृत्यु

title
शनिबार, जेष्ठ २५, २०७६

एजेन्सी । दुबईको शेख मोहम्मद बिन जाएद सडकमा भएको वस दुर्घटनामा कम्तिमा १७ जनाको ज्यान गएको छ ।

३१ यात्रु सवार बसमा रहेका अरू केहि व्यक्ति घाइते भएका छन् । ओमानमा दर्ता भएको सो बस, शेख मोहम्मद बिन जाएन रोडमा राखिएको सडक स.केत चिन्ह्मा ठोकिएको प्रहरीले जनाएको छ । भारतीय अधिकारीहरूका अनुसार दुर्घटनामा १२ जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको छ ।

दुर्घटनामा बसचालक घाइते भएका छन् । दुबई प्रहरीले सामाजिक सञ्जाल ट्विटरमार्फत दुर्घटनामा परेका र मृत्यु भएका व्यक्तिका परिवार प्रति दुःख व्यक्त गरेको छ ।

ओमानी बस कम्पनी म्वासलातले घटनाप्रति दुख व्यक्त गर्दै मस्कट र दुबईबीच सञ्चालित आफ्नो बससेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको छ ।