दूर संचार सेवा प्रदायक संस्थाहरुले तीर्न बाँकी बक्यौता रकम महिना दिनमा असुल गर्न सरकारलाई निर्देशन

title
आइतवार, माघ २७, २०७५

काठमाडौ । संघीय संसदको अर्थ समितिले दूर संचार सेवा प्रदायक संस्थाहरुले तीर्न बाँकी २ अरव ९६ करोडभन्दा बढि बक्यौता रकम एक महिना भित्र असुल गरिसक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले नौं वटा दूर संचार सेवा प्रदायक संस्थाहरुले तीर्न बाँकि बक्यौता रकम एक महिना भित्र असुल गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । सो बक्यौता रकम असुल नगरेसम्म ती संस्थाहरुलाई काम नगर्न÷नगराउन पनि सरकारलाई सचेत गराइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनु भयो ।

नौं वटा दूर संचार सेवा प्रदायक संस्थाहरुले गत पुस महिनासम्म २ अरव ९६ करोड, ८५ हजार भन्दा बढि बक्यौता रकम नेपाल सरकार र दूर संचार प्राधिकरणलाई बुझाउन बाँकी छ ।

बैठकले एनसेलको पूँजीगत लाभकर असुल गर्ने सम्बन्धि सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न/गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।