जोडिनुहोस
बिहिबार, फाल्गुन २२, २०८१
बिहिबार, फाल्गुन २२, २०८१
  • होमपेज
  • देउवा भन्छन्- कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ

देउवा भन्छन्- कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका छन् । बिहीबार ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको छैटौँ केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले जनताका कारण कांग्रेस लोकप्रिय पार्टी बनेको भन्दै कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका हुन् । कांग्रेसलाई बलियो बनाउनका लागि शुभेच्छुक संस्थाहरू बलियो हुनुपर्ने उनले बताए । लोकतन्त्रमा मात्रै सवैका अधिकार सुरक्षित हुने भएकाले यसमा ध्यान दिन उनले आग्रह गरे । सभापति देउवाले गोर्खा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको भन्दै समस्या समाधानका लागि कूटनीतिक तवरले कुरा अघि बढाउने प्रतिबद्धता जनाए । गोर्खा भूतपूर्व सैनिकको पेन्सनको विभेदका विषयमासमेत आफू जानकार रहेकाले यस विषयमा पनि आफूले सम्बन्धित निकायमा कुरा गर्ने उनको भनाइ छ ।

धेरै टिप्पणी गरिएका