देशका विभिन्न स्थानमा विस्फोटक पदार्थ फेला

title
सोमवार, जेष्ठ १३, २०७६

काठमाडौं–देशका विभिन्न जिल्लाहरुमा विस्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका छन् । आज बिहानै भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ ।

बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो । यसैगरी मोरङको सुन्दरहरैंचा ७ ठडिया चोक नजिक फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ ।

यता, नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पनि पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् ।

रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ । अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँची आवासीय माविमा र बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि शंकास्पद बस्तु फेला परेका छन् ।

शंकास्पद बस्तुहरु विप्लव समूहले आज एक दिने बन्द सफल पार्ने उद्देश्यले राखेको अनुमान गरिएको छ । यता काठमाडौं उपत्यकाका सवारी साधन भने न्यून मात्रामा चलेका छन् ।