देशभरका कारागारको व्यवस्थापन र कैदीबन्दीहरुको अधिकारको लागि पहल गर्ने सभामुख महराको प्रतिवद्धता

title
शनिबार, साउन १९, २०७५

काठमाडाै । सभामुख कृष्णवहादुर महराले ऐन कानून निर्माणको तहमा कारागारहरुको उचित व्यवस्थापन तथा सुधार र कैदीबन्दीहरुको अधिकार प्रवद्र्धनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

कारागारको सुधार एवं कैदीबन्दीहरुको अधिकार प्रवद्र्धन सम्बन्धमा शनिबार काठमाडौमा भएको कार्यक्रममा सभामुख महराले यस्तो बताउनुभएको हो । उहाले सरकारले कारागार सुधार, कैदीबन्दीहरुको अधिकारका सवालमा ऐन कानुन बनाउन विधेयकहरु ल्याएमा त्यसलाई प्राथमिकता दिने बताउनुभयो ।

उहाले कैदीबन्दीहरुको आचरण, व्यवहार र अपराधिक मनोवृत्तिलाई परिवर्तन गरी सकारात्मक सोंच चिन्तन र सीप क्षमताको अभिवृद्धि गर्न उचित ऐन नियमको आवश्यकता रहेको धारणा पनि राख्नुभयो ।

कार्यक्रममा महान्यायाधिवक्ता अग्नी खरेलले कारागार सुधारका लागी कार्यदल बनेको भन्दै समायानुकल कारागार सुधारको काम अघि बढाउनुपर्ने बताउनुभयो । उहाले कारागारको क्षेत्रमा महिला र पुरुष कैदीबन्दीमाथि पनि भेदभाव हुने गरेको बताउनुभयो ।

देशभरिका ७४ वटा कारागारमा अहिले करिब २० हजार ९ सय कैदीवन्दी छन् । त्यस्तै एकसय ९५ क्षमताको बालसुधार गृहमा २ सय ५८ जना रहेका छन् ।

सुरक्षाको दृष्टिले संवेदनशील मानिएको क्षेत्रमा रहेका केही कारागारको संरचना पुरानो भएकाले त्यसलाई सुधार गर्नुपर्ने देखिएको अध्ययनले देखाएको छ ।