देशभर ७३ हजार ९ सय शिक्षक अभाव

title
आइतवार, अशोज २८, २०७५

काठमाडौं । देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९ सय ३८ दरबन्दी शिक्षक अभाव देखिएको छ ।

सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा अपुग ।

प्राथमिक तह आधारभूत १ देखि ५० मा ३ हजार ३ सय ८३ शिक्षक दरबन्दी बढी देखिन्छ । यो खबर आजको कान्तिपुरमा समाचारमा छापिएको छ ।

निम्न माध्यमिक तह आधारभूत ६ देखि ८० मा २५ हजार ४ सय २५ र माध्यमिक तह ९ र १०० मा २३ हजार ७ सय ४४ शिक्षक दरबन्दी कम छ ।

सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार, विद्यालय र विद्यार्थी संख्याका आधारमा ७३ हजार थप शिक्षक तत्काल आवश्यक छ।