देशभर चिसो बढ्यो

title
शनिबार, मंसिर २२, २०७५

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ ।

वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यो वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि देशभर चिसो बढेको मौसमविद्हरु बताउंछन् ।

मौसमी प्रभावले न्यूनतम तापक्रम तलमाथि भइरहेको र अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने मौषमविद्हरुको पुर्वानुमान छ । पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ ।

मौषमपूर्वानुमान महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम सुरु भएको हो । आज बिहान जुम्लाको तापक्रम माइनस ४ डिग्री पुगेको र काठमाडौंको तापक्रम  यो वर्षकै कम ५ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।