देशभर भारि वर्षा, जताततै पहिरो र डुवानमा परि ११ जनाको मृत्यु

title
शुक्रबार, असार २७, २०७६

रुपेश कुमार यादव

तीन देखिको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी–पहिरो र डुवानको समस्या सुरु भएको छ । लगातारको झरिका कारण पहिरोले अधिकांश मुख्य राजमार्गमा सवारी आवागमन अवरुद्ध बनाएको छ ।

मौसम विभागले अझै केहि दिन मुसलधारे पानी पर्ने संभावना रहेकाले सचेत रहन आग्रह गरेको छ । गृह मन्त्रालयले शुक्रवार अपरान्ह् सार्वजनीक गरेको तथ्यांक अनुसार, वर्षा तथा बाढीका कारण देशका विभिन्न ठाउँमा ११ जनाको ज्यान गएको छ ।

मन्त्रालयका अनुसार, काभ्रे र भोजपुरमा दुई दुई जनाको ज्यान गएको छ । रौतहट, रामेछाप र ललितपुरमा एक–एक जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकमा भोटेकोशीको बाढीमा परेका एक जनाको शव भेटीएको छ भने दुई जना अझै बेपत्ता छन् । सिन्धुपाल्चोकको मिसा क्षेत्रमा निरन्तर रुपमा बाढी पहिरोको प्रलय दोहोरिई रहेको छ ।

असार २१ गतेदेखि सुरु भएको भोटेकोशीको बिपत्ति शुक्रवार पनि कायम रह्यो । अविरल वर्षासंगै स्थानीय हाइड्रोपावरमा कार्यरत दुई जना बेपत्ता भएका छन् ।

भोटेकोशीको बाढीले निरन्तर रुपमा मानवीय, सडक, निजी आवास, हाइड्रोपावर लगायतमा क्षति पु¥याई रहेको छ । भोटेकोशीमा बेपत्तामध्ये हाइड्रोपावरमा कार्यरत इलेक्ट्रिसियन रामअवतार चौधरीको शव भेटीए पनि कम्पनीका साइट इन्चार्ज यादवप्रसाद काफ्ले बेपत्ता छन् ।

यस्तै, जुगल गाउँपालिका २ घट्टेखोलास्थित लघु ऊर्जा जलविद्युत परियोजना निरीक्षणका लागि खटिएका इन्जिनियर मुक्ती सिबाकोटी अझै बेपत्ता छन् । यस्तै वर्षका कारण काभ्रेको बनेपा नगरपालिका–३ चुनातालमामा भूकम्पले क्षति पु¥याएको एक घर भत्किँदा दुई जनाको मृत्यु भएको छ ।

अन्य तीन घाइते भएका छन् । थप दुईजना पुरिएको आशंकामा प्रहरी तथा स्थानीयले खोजी जारी राखेका छन् ।

त्यसैगरी, रामेछापमा एउटा गोठ भत्किँदा एक वृद्धाको मृत्यु भएको छ भने एक महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । त्यसैगरी, रौतहटको लाल बकैया खोलामा मोटरसाइकलसहित खोलामा डुब्दा एक व्यक्तिको मृत्यु भएको छ ।

त्यसैगरी, भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ । त्यसैगरी, ललितपुरको माल्टा बगुवामा घरमाथिको ढिस्को भत्किएर घर पुरिँदा एक बालकको मृत्यु भएको छ ।

सिन्धुलीको फिक्कल गाँउपालिकामा एक महिलाको ज्यान गएको छ । गृह मन्त्रालयले यो अवधीमा– देशका विभिन्न ठाउँमा अहिलेसम्म पाँच जना वेपत्ता भएको जनाएको छ ।

अविरल वर्षाका कारण पाँचथर, महोत्तरी, सुनसरि, सर्लाही, रौतहट, विराटनगर, धरान, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, गोरखा लगाएतका पहाडी तथा तराईका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ ।