देश टुक्र्याउनु पर्छ भन्ने विखण्डनकारी तत्व सतहमा देखियो : राप्रपा अध्यक्ष थापा

title
बुधबार, फाल्गुन २९, २०७५

नारायण खड्का, तनहुँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले इतिहासमै पहिलो पटक देशलाई टुक्राउनु पर्छ भन्ने विखण्डनकारी तत्व सतहमा देखिएको बताए ।

राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताए । सरकार र विखण्डनकारी एउटा समुहका बिचमा सम्झौता भयो भनिएको छ तर, त्यो सम्झौता प्रति नेपाली जनता आश्वस्त हुन नसकेको पनि उहाँले बताए ।

अध्यक्ष थापाले सरकारले र सरकार सम्वद्ध दलका नेताहरुले सिके राउतले विखण्डनको एजेण्डा परित्याग ग¥यो भनेता पनि त्यो सम्झौताको दस्तावेजमा कही कतै सिके राउतले विखण्डनको एजेण्डा परित्याग गरेको नपाइएको बताए । सम्झौताले विगतमा देश टुक्र्याउने गतिविधिमा संलग्न रहदै आएको तथकथित स्वतन्त्र मधेश संगठनलाई सरकारले वैद्यता दिनेकाम गरेको आरोप लगाए ।

थापाले सम्झौता भएको २४ घण्टा बित्न नपाउँदै जनकपुरमा देश टुक्र्याउनु पर्छ भन्ने नारा, व्यानर र प्लेकार्ड सहितको प्रदर्शनी र सभा भएको बताए ।