दैलेखमा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्युु

title
शुक्रबार, मंसिर १४, २०७५

दैलेख । दैलेख जिल्लाको महाबु गाउँपालिका ४ को मुखियाडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको । बिहीबार राति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो। दुर्घटनामा एक जना घाइते भएका छन्।

दुर्घटनामा ट्याक्टर मालिक महाबु गाउँपालिका ४ का ४९ वर्षीय गगनप्रसाद पाण्डेको मृत्यु भएको हो। पाण्डेको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर दुर्घटनामा चालक नारायण नगरपालिका वडा नं.३ का झलकबहादुर हमाल घाइते भएका छन् ।

नारायण नगरपालिकाबाट सिमेन्ट लिएर महाबु गाउँपालिका जाँदै गरेको भे १ त ६४२० नम्बरको टयाक्टर अनियन्त्रित भई मुखियाडाँडामा दुर्घटना भएको हो ।