दैलेखमा भूकम्प

title
मङ्लबार, कार्तिक ६, २०७५

दैलेख – गएराति दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

नारायण नगरपालिका–१०, भवानी केन्द्र बिन्दू बनाएर भूकम्प गएको हो ।

गएराति १२ बजेर १० मिनेटमा गएको भूकम्प ३ दशमलव ९ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

भवानी केन्द्र बिन्दू भएर असोज १९ देखि २१ गतेसम्म ४ रेक्टर स्केल माथिका ५ वटा र ४ रेक्टर मुनिको १४ वटा भूकम्प गइसकेको छ ।